एजेन्सी । जापानमा आयोजना हुने टोकियो ओलम्पिक रुसी ह्याकरहरुको निशानामा परेको छ ।
बेलायतका अधिकारीहरुले टोकियो ओलम्पिक रुसी ह्याकरको निशानामा परेको बताएका छन् ।
बेलायती अधिकारीले टोकियो ओलम्पिक २०२१ मा सर्नु अघि रुसी ह्याकरको निशानामा परेको बताएका हुन् ।
कोरोना भाईरसको कारण टोकियो ओलम्पिक एक वर्ष सारिएको थियो ।
प्रतियोगितालाई बाधा पुर्र्याउने उदेश्यले रुसी ह्याकरले हमला गरेको अधिकारीले बताएका छन् ।
बेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले 'आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध' साइबर आक्रमण गरेको जनाएको छ।
तर, त्यो साइबर आक्रमणको प्रकृति र तहबारे विस्तृत रूपमा खुलाईएको छैन ।
एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।