एसियन गेम्स : करातेकी चन्चलाले कास्य पदकको लागि खेल्ने
शनिबार, भदौ ९, २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत करातेमा नेपालकी चन्चला दनुवारले कास्य पदकको लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
शनिबार भएको महिला एकल काताको रिपिचेजमा उत्तर कोरियाकी खेलाडीलाई हराएर चन्चलाले कास्य पदकका लागि भिडन्त पक्का गरेकी हुन् । चन्चलाले उत्तर कोरियाकी काङ जी उइलाई ३ - २ ले हराईन् । यसअघि पहिलो चरणमा पराजित भएपनि चन्चला दनुवारले रिपिचेजको मौका पाएकी थिइन् ।
अब चन्चलाले कास्य पदकको लागि थाइल्याण्डका खेलाडीसंग खेल्ने छिन् । उक्त खेलमा जित हात पारे चन्चलाले कास्य जित्ने छिन् ।
शनिबार भएको पुरुष एकल कातामा पर्शुराम कतारका अधम हासेमसँग ५-० ले पराजित भए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






