काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्स अन्तर्गत पौडीमा नेपालको चुनौती सकिएको छ ।
पौडीमा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, चारै खेलाडी हिट चरण पार गर्न सकेनन् ।
शुक्रबार नेपालकी ओलम्पियन खेलाडी गौरिका सिंह ५० मिटर फ्रिस्टाइलमा हिट चरणबाट बाहिरीईन् । गौरिकाले २८.५० सेकेण्डको समय निकालिन ।
यसै स्पर्धामा नेपालकी टिसा शाक्य हिट चरणमै रोकिईन् । टिसाले २९.६१ सेकेण्डको समय निकालिन । हिट ३ मा रहेकी गौरिका सातौं र टिसा आठौं स्थानमा रहिन् ।
शुक्रबार नै पुरुषतर्फ नेपालका सुभम श्रेष्ठ हिट चरणमा रोकिए । पुरुष ५० मिटर ब्रेस्ट स्टोक्समा हिट २ मा रहेका सुभमले ३२.४५ सेकेण्डको समय निकाले । सुभम आफ्नो हिटमा सातौं स्थानमा रहे ।
नेपालका ओलम्पियन शिरीष यसअघि नै बाहिरिसकेका छन् ।