काठमाडौं । बंगलादेशमा भएको शेखकमल स्मृति अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता खेलाडी,प्रशिक्षक तथा ब्यवस्थापकलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीको मार्सल आर्ट बिभागले सम्मान गरेको छ ।
गत अगष्ट ५ देखि ८ सम्म भएको प्रतियोगितामा नेपाली टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो । सम्मानित हुनेमा ६५ केजी तौलसमूहमा स्वर्ण पदक विजेता जेमिन महर्जन रहेका छन् । त्यस्तै रजत बिजेता खेलाडीमा ५५ केजी तौलसमूहमा रोशन श्रेष्ठ, ६० केजी तौलसमूहमा कमल भूजेल, ६७ केजीमा जीतबहादुर श्रेष्ठ, ७० केजीमा प्रकाश थापामगर र ७५ केजी तौलसमूहमा विश्व कल्याण लामा पनि सम्मानित भएका छन् ।
पदक विजेता खेलाडीहरुलाई पुर्व सभामुख ओनसरी घर्ती मगरले सम्मानित गरिन् । सो अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष एवमं राखेप पूर्व उपाध्यक्ष पिताम्वर तिम्लिसिना,उपाध्यक्ष धु्रब आचार्य,महासचिव बचन देउजा,नेरिक एकेडेमीका प्रिन्सिपल मनवहादुर खत्री,एकेडेमीका प्रशासन प्रमुख राजेन्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो ।