थाइल्याण्डमा नेपाललाई १ स्वर्णसहित तीन पदक
सोमबार, भदौ ४, २०७५खेलपाटी संवाददाता

काठमाडौं । थाइल्याण्डमा भएको दोश्रो फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाली क्योकुसिन टोलीले एक स्वर्णसहित तीन पदक जितेको छ ।
थाइल्याण्डको बैंककस्थित स्पोर्टस अथोरिटी राजा महाङ्गला राष्ट्रिय रङ्गशालाको कभर्ड हलमा नेपालका क्योकुसिन खेलाडी बिनय सिंहले कुमुतेतर्फ खुल्ला तौलमा जापानका मोराहिरो होसखावालाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे ।
यस्तै जुनियर ३५ केजी तौलमा दिपेन सापकोटा फाईनलमा थाईल्याण्डका पा हुरुरु तानसंग पराजित हुँदै रजतमा चित्त बुझाए । त्यस्तै सिनियरतर्फ कबिराज मालीे सेमिफाईनलमा चाईनाका ह्वाङ्गसिङ्गसंग पराजित हुँदै कास्य पदकमा सिमित भए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






