डाफोडिललाई उपाधि

काठमाडौं । डाफोडिलले सातौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा भएको फाइनलमा डाफोडिलले भ्याली भ्यु इङलिस स्कुललाई ३–० गोलले पराजित गर्यो ।
डाफोडिलका छेवाङ मोक्तानले २ तथा रामेश्वर थापा मगरले १ गोल गरे । डाफोडिलका रोशनराज पन्त ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसंगै डाफोडिलले २० हजार नगद पुरस्कार पायो भने भ्याली भ्युले १० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा डाफोडिलका छेवाङ मोक्तान उत्कृष्ट खेलाडी, विद्या संस्कारका रुविन श्रेष्ठ उत्कृष्ट गोलरक्षक, रिब्सका मिलन गुरुङ ‘मोस्ट प्रोमिसिङ प्लेयर’ र भ्याली भ्युका इत्ची महर्जन सर्वाधिक गोलकर्ता बने ।
बृहस्पति विद्या सदनले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज ढुंगाना, समाजसेवी विमल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा १३ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।






-1759666509639.jpg&w=3840&q=75)






-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)