काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन धन बहादुर थापाले अग्रता बनाएका छन् ।
हिमालयन गल्फ कोर्स पोखरामा बिहिबार पहिलो दिन शीर्ष स्थानमा रहेका शिवराम श्रेष्ठलाई तीन स्ट्रोकले पछि पार्दै धनले अग्रता बनाएका हुन् । उनले दुई अन्डर १३६ स्कोर बनाए । शिवरामले एक अन्डर १३९ स्कोर बनाए ।
यस्तै जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र शुक्र बहादुर राई कुल १४० स्कोरसहित संयुक्त तेस्रो स्थानमा रहेका छन् ।
३ दिने प्रतियोगितामा ३२ प्रोफ्रेसनल र १६ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सुर्य नेपाल प्रालिको मुख्य प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले आयोजना गर्ने प्रतियोगिता ५४ होलको हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २४ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।