काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारबाट पोखरामा सुरु हुने भएको छ ।
हिमालयन गल्फ कोर्स पोखरामा हुने ३ दिने प्रतियोगितामा ३२ प्रोफ्रेसनल र १६ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
सुर्य नेपाल प्रालिको मुख्य प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले आयोजना गर्ने प्रतियोगिता ५४ होलको हुनेछ ।
प्रतियोगितामा साविक विजेता संजय लामा शीर्ष वरियताका भुवन नगरकोटी, धन थापा, शिवराम श्रेष्ठ, बल बहादुर राई र रामे मगर लगायतले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २४ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।