काठमाडौं । विनायकले चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा शुक्रबार भएको फाइनलमा विट्स एकेडेमीलाई ६-२ गोल अन्तरले पराजित गर्दै विनायकले उपाधि जितेको हो ।
उपाधिसँगै विनायकले १० हजार प्राप्त गरेको छ । उपविजेता बनेको विट्सले ५ हजार प्राप्त गर्यो ।
यस्तै तेस्रो स्थानको लागि भएको खेलमा सगरमाथाले पुस्पलाललाई ३-१ ले पराजित गर्यो । सगरमाथाले ७ हजार पाउँदा पुस्पलालले ५ हजार प्राप्त गर्यो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी विट्सका अशोक मगर चुनिए । सर्वाधिक गोलकर्ता पुस्पलालका रोशन थापा चुनिए । यस्तै उत्कृष्ट किपर विनायकका युवराज गोर्खाली र डिफेन्डर विनायककै सतिश थापा चुनिए । इमर्जिङ खेलाडी
विट्सका रिशोप प्रधान र उत्कृष्ट प्रशिक्षक आनन्द क्षेत्री चुनिए ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगिताका विजेतालाई प्रमुख अथिति तथा बागमती प्रदेशका संसद नरोत्तम बैद्य लगायतले पुरस्कृत गरे ।