काठमाडौं । कौस्तुभ एकेडेमीले पहिलो संस्करणको काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
बौद्धस्थित एरिना फुटसलमा मंगलबार सेन्चेन महाबौद्ध विधालयलाई १६-१ गोल अन्तरले पराजित गर्दै कौस्तुभ च्याम्पियन बनेको हो ।
उपाधिसँगै कौस्तुभले २० हजार नगद प्राप्त गरेको छ । सेन्चेनले १० हजार प्राप्त गर्दा तेस्रो भएको समता शिक्षा सदनले ५ हजार प्राप्त गर्यो ।
मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा समताले नेपाल तारा स्कुललाई पेनाल्टीमा १३-१२ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समय ४-४ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा भएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी समताका दिपेन्द्र तामाङ चुनिए । यस्तै उत्कृष्ट गोलरक्षक कौस्तुभका अमर बहादुर नेवा र सर्वाधिक गोलकर्ता कौस्तुभका लक्ष्मण गुरुङ चुनिए । उनीहरुले जनही २/२ हजार प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई काठमाडौं क्षेत्र नम्बर ३ का संघिय सांसद कृष्ण राई, प्याब्सन काठमाडौं जिल्ला कमिटी प्रमुख हरिकृष्ण श्रेष्ठ, प्याब्सन महानगर कमिटी प्रमुख मुरारी प्रकाश संजेल तथा प्ररतियोगिता संयोजक ज्ञान बहादुर श्रेष्ठ लगायतले संयुक्त रूपमा पुरस्कृत गरेका थिए ।