काठमाडौं । नेपाल तारा प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा बौद्धस्थित एरिना फुटसलमा भएको क्वाटरफाइनलमा नेपाल ताराले पिस प्वाइन्टलाई १–० गोलले पराजित गर्यो ।
अन्य क्वाटरफाइनलमा समताले तारा सदनलाई २–०, कौस्तुभले प्रीतिमालाई ७–० र सेन्चेनले सनसाइनलाई ४–१ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
फाइनल मंगलबार हुनेछ । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई २/२ हजारबाट पुरस्कृत गरिने छ ।