काठमाडौं । सर्वाधिक पुरस्कार राशीको हब ईन्टरनेश्नल एजुकेशन ईन्टर प्लस टू फुटसल प्रतियोगिताको क्वार्टरफाईनल समिकरण पुरा भएको छ ।
आईतबार काठमाडौंको ढुकु फुटसल हबमा समूह चरणको खेल सकिएसंगै अन्तिम ८ मा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
समूह एको विजेताको रुपमा सीसीआरसी र उपविजेताको रुपमा साईपाल, समूह बीको विजेताको रुपमा केईबीएस र उपविजेताको रुपमा केभीएस, समूह सीको विजेताको रुपमा निस्ट र उपविजेताको रुपमा लिङ्कन, समूह डीको विजेताको रुपमा टीआईभीएस र उपविजेताको रुपमा एसओएस क्वार्टरफाईनल पुगेका हुन् ।
अब सेमिफाईनल प्रवेशका लागि सीसीआरसीले लिङ्कन र केईबीएसले एसओएस तथा निस्टले साईपल र टीआईभीएसले केभीएसीसंग खेल्नेछन् ।
भिजन मिडिया ईनकर्पोरेशनको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टिम सहभागी छन् ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको थियो । समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाएका हुन् ।
लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६० हजार र तेस्रोले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
हब एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा थेम्स कलेज, हेराल्ड कलेज, ईम्पेरियल कलेज, प्राईम एजुकेशन, केआईसी कलेज, सानिमा लाईफ ईन्स्योरेन्स र वर्गर स्याकले प्रायोजकको रुपमा सहयोग गरेका छन् ।
प्रतियोगितालाई हब ईन्टरनेश्नलका कम्प्लेन तथा एड्मिन कबिराज थापाले बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।
प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्लस टू अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै सर्वाधिक पुरस्कार राशीको फुटसल आयोजना गरिएको हो ।