काठमाडौं । समता शिक्षा सदनले प्याब्सन महानगरिय कप फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
बौद्धस्थित एरिना फुटसलमा आइतबार भएको उद्घाटन खेलमा विट्स एकेडमीलाई ४-१ गोल अन्तरले पराजित गर्दै समताले सुखद सुरुवात गरेको हो ।
यस्तै क्याम्ब्रिजलाई २–१, तारा सदनले गोल्डेनपिकलाई १–०, एप्पल इन्टरनेसनल स्कुलले जेभियर इन्टरनेसनल स्कुललाई १–०, सेन्चेनले ज्ञान मालालाई ४–२, एलिक्सरले बौद्ध चिल्ड्रेन हेभेनलाई १–०, अनमोल ज्योतिले चन्तन्य शंख स्कुललाई १–०, लुम्बिनी एकेडेमीले सुप्रिमलाई ५–३ तथा कौस्तुभले जेनेसिसलाई १–० गोलले हराए ।
विट्सले काठमाडौं जेभियर तथा क्याम्ब्रिजले काठमाडौं जेभियरबाट वाक ओभर पाए । पिस प्वाइन्ट र महर्षि, सनसाइन र प्रीतिमा तथा नेसनल स्कुल र ब्रिजवाटरले समान २–२ गोलको बराबरी खेले ।
प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्र लामाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
३ दिनसम्म चल्ने प्रतियोगितामा प्याब्सनसँग आबद्व काठमाडौं महानगर कमिटीका ३२ बिद्यालयका टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले २०, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाउने छन् ।
व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, सर्वोकृष्ट खेलाडीले जनही २/२ हजार पाउने छन् ।