काठमाडौं । ढुकु फुटसल र फुटसल एरिनाले महिला प्रिमियर लिग फुटसलमा फराकिलो जित निकालेका छन् ।
एक्ससेल रिक्रियसनल सेन्टरमा शनिबार भएको खेलमा फुटसल एरिनाले एमयूएफसी नेपाल गर्ल्सलाई ११-१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
ढुकुले बार्सा नेपाललाई १२-० गोल अन्तरले पराजित गरेको छ ।
यस्तै कुमारी फुटसलले दि माइती महिलाजलाई ९-१ गोल अन्तरले पराजित गर्दा लाखुर फुटसलले एबीसी फुटसल एकेडेमीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
लिगमा कुमारी फुटसल ४ खेलमा ४ जित निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । ४ खेलमा ३ जित निकालेर १० अंक जोडेका ढुकु दोस्रो स्थानमा रहेको छ ।
फुटसल एरिना १० अंक जोडेर तेस्रो र १० अंक नै जोडेको लाखुर फुटसल चौंथो स्थानमा रहेको छ। ८ अंक जोडेको एबीसी पाँचौं, ६ अंक जोडेको एमयूएफसी छैटौं, ४ अंक जोडेको बार्सा नेपाल सातौं र ४ अंक जोडेको दि माइटी महिलाज आठौं स्थानमा रहेका छन् ।
युरोपियन युनियनको मुख्य प्रायोजनमा ६ सातासम्म सञ्चालन हुने प्रतियोगिता हरेक साताको शनिबार मात्र खेल हुनेछ ।
८ टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई प्रायोजकले नेपालमा नै उत्पादन भएका सामग्री पुरस्कार प्रदान गर्नेछ ।