नेक्सस विजयी
शुक्रबार, १७ माघ २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेक्ससले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
फिजमको आयोजनामा भइरहेको प्रतियोगितामा नेक्ससले ग्रिनविचलाई २–० गोलले पराजित गर्यो । नेक्ससका लागि दुवै गोल शिव आले मगरले गरे ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा न्यु भिजन एकेडेमीले हेब्रोनलाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । मोनास्टिकले भीमेश्वर एकेडेमीलाई टाइब्रेकरमा ३–० गोलले पाखा लगायो ।





-1786022688387.jpeg&w=3840&q=75)




-1786501128320.webp&w=3840&q=75)


-1786458313460.webp&w=3840&q=75)


