काठमाडौं । प्याब्सन महानगरिय कप फ़ुटसल प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ ।
प्याब्सन काठमाडौं महानगर कमिटीले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १९ गतेबाट हुने जनाएको छ ।
बौद्धस्थित एरिना फुटसलमा ३ दिनसम्म चल्ने प्रतियोगितामा प्याब्सनसँग आबद्व काठमाडौं महानगर कमिटीका ३२ बिद्यालयका टिमको सहभागिता रहनेछ ।
प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने कमिटीका वरिष्ठ उपाध्यक्ष एवम विट्स एकेडेमीका प्रिसिपल ज्ञान बहादुर श्रेष्ठले जानकारी गराए ।
प्रतियोगिताको विजेताले २०, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाउने छन् ।
व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, सर्वोकृष्ट खेलाडीले जनही २/२ हजार पाउने छन् ।
प्रतियोगिताको पहिलो,दोस्रो र तेस्रो पुरस्कार आईसीएफसी फाइनान्स र व्यक्तिगत विधाको पुरस्कार सुलभ बुक हाउसले प्रायोजन गरेको हो ।
पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौं महानगर प्रमुख मुरारी प्रकाश संजेल लगायतका अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।