काठमाडौं । अरहान्त केशर सिंह र भावना सुनुवारले तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । अरहान्तले पुरुष सिंगल्सतर्फ र भावनाले महिला सिंगल्समा उपाधि जितेका हुन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा साबिकको बिजेता समेत अरहान्तले अमृत थापा मगरलाई ३ - १ ले पराजित गरे । पुरुष सिंगल्समा राजेन्द्र शाक्य र प्रवीणवीर सिंह कंशाकार संयुक्त रुपमा तेस्रो भए । अरहान्त, अमृत र राजेन्द्र इन्डोनेसियामा हुने एसियन गेम्समा सहभागी जनाउने खेलाडी हुन् ।
पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रोले ४ - ४ हजार प्राप्त गरेका छन् ।
महिला सिंगल्सको फाइनलमा साबिकको विजेता समेत रहेकी भावनाले कृष्णा थापालाई ३ - ० को सेटमा हराएर उपाधि जितिन् । विपना ब्लोन र स्वस्थानी श्रेष्ठ संयुक्त तेस्रो भईन् ।
महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रोले समान ३ - ३ हजार पाएका छन् ।
यु - १९ ब्वाइजमा अमिर ब्लोनले उपाधि जिते । अमिरले विजय मगरलाई ३ - ० ले हराए । यु–१५ ब्वाइज सिंगल्सतर्फ सलिन थापा मगरलाई २ - ० ले हराएर विकास मगरले उपाधि जिते । गल्र्समा सपना ब्लोनले मुस्कान राउतलाई २ - ० ले हराएर उपाधि जितिन् ।
मास्टर्स ५० वर्षमाथि सिंगल्सको उपाधि सुदीपबहादुर सिंहले जिते । फाइनलमा सुदीपले दिलिप नाथ अधिकारीलाई ३ - ० ले हराए । यस्तै पुरुष प्लेट च्याम्पियनसिपको उपाधि अमिर ब्लोनले जिते । उनले स्टिभ फ्रान्सिसलाई ३ - १ ले पराजित गरे ।
नेपाल स्क्वास राकेट्स संघको आयोजनामा ५ दिन सम्म चेल्को प्रतियोगितामा ७ विधामा प्रतिस्पर्धा भएको थियो ।
विजेता खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ तथा संघका अध्यक्ष किशोर महर्जन लगायतले पुरस्कृत गरे ।