काठमाडौं । पहिलो संस्करणको लुम्बिनी अन्तर कलेज प्लस टु फुटसलको उपाधि केब्स कलेजले जितेको छ ।
आइतबार भएको फाइनलमा इनसाइट भिजन 'ए' लाई १-० गोल अन्तरले पराजित गर्दै केब्सले उपाधि जितेको हो ।
उपाधिसँगै केब्सले ५० हजार प्राप्त गरेको छ । उपविजेता इनसाइटले २५ हजार प्राप्त गर्यो ।
लुम्बिनी एकेडेमीले आयोजना गरेको प्रतियोगितामा इनसाइट भिजन 'बी' ले साइपाल एकेडमीलाई ५-२ गोल अन्तरले हराएर तेस्रो स्थान हात पारेको छ ।
प्रतियोगितामा केब्सका राज तामाङ सर्वोकृष्ट खेलाडी चुनिए । यस्तै केब्सका अशोक गिरि उत्कृष्ट गोलकिपर र इनसाइट भिजनका पदम भट्टराई सर्वाधिक गोलकर्ता चुनिए ।
विजेता खेलाडीहरुलाई प्रमुख अथिति तथा बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले पुरस्कृत गरे ।
कार्यक्रममा बोल्दै प्रतियोगिता संयोजक सम्भु कार्कीले लुम्बिनीले यस प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने जानकारी गराए ।