उपाधिका लागि केब्स र इनसाइट भिड्ने
शनिबार, ११ माघ २०७६खेलपाटी संवाददाता
काठमाडौं । पहिलो लुम्बिनी कप फुटसल प्रतियोगिताको उपाधिको लागी केब्स कलेज र इनसाइट भिजन एकेडमी 'ए' भिड्ने भएका छन् ।
चुच्चेपाटीस्थित लुम्बिनी एकेडमीको फुटसलमा भएको सेमिफाइनलमा केब्सले इनसाइट भिजन 'बी' लाई १–० ले पराजित गर्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा इनसाइट भिजनके साइपाल एकेडेमीलाई ४–० ले हराउदै केब्ससँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले ५० हजार हात पार्दा उपविजेताले २५ हजार हात पार्ने छन् । प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर, गोलकिपर र डिफेन्डरलाई होली एजुकेसन फाउन्डेसनले आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको छ ।
प्रतियोगितामा उपत्यकाका कुल ३२ टोलीको सहभागिता रहेको थियो ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)
-1765288879802.jpeg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)




