काठमाडौं । नाइटिङगेल स्कुलको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित चार गुणा चारको रिले दौडमा ब्लु हाउस र ग्रीन हाउस च्याम्पियन बनेका छन् ।
ललितपुरको लगनखेलस्थित आर्मी खेल मैदानमा शनिबार पुरुषतर्फ ब्लु हाउस र महिलातर्फ ग्रीन हाउस च्याम्पियन बनेको हो ।
पुरुषतर्फ ग्रीन हाउस दोस्रो तथा एलो हाउस तेस्रो भएका थिए । यस्तै महिलातर्फ ब्लु दोस्रो तथा रेड हाउसले तेस्रो स्थान हात पारे । विजेता खेलाडीले मेडल सहित प्रमाण पत्र प्राप्त गरे ।
दौडमा पुरुष र महिला गरि ३२ खेलाडीको सहभागिता रहेको थियो ।
यस्तै स्कुलको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मार्च पास, विभिन्न सांस्कृतिक झाँकी, धार्मिक सम्पदा, कला कौशल नृत्य देखाइनुका साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

वार्षिकोत्सव कार्यक्रममा नाइटिङगेलका संस्थापक अध्यक्ष एवं माननीय सांसद तेजुलाल चौधरीले अब आउने एसइइ परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद रु.२५ हजार र सम्मान पत्र तथा कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद रु. ५० हजार र सम्मागनपत्र प्रदान गरिने घोषणा गरे।
यस्तै उनले शिक्षकहरुका लागि पनि नगद रु २५ हजार पुरस्कार दिने घोषणा गरे।
'विद्यार्थीहरुलाई मात्रै नभइ शिक्षक साथीहरुले पनि एउटा टार्गेट पूरा गरेमा नगद रु २५ हजार र सम्मा।न पत्र प्रदान गर्नेछौ,' उनले भने, 'नाइटिङल स्कुल विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र पहिचान गरी उनीहरुलाई सोही अनुसारको वातावरण दिन कुनै कसर बाँकी राख्दैन । हामी यही प्रतिवद्धता अभिभावहरुसँग गर्न चाहन्छौ।'
उनले शिक्षा नै ज्योातिको मुहान भएकाले शिक्षामार्फत आफूमा भएको कला र कौशललाई चिनेर अगाडि बढाउन नाइटिङगेल कलेज सधै र सदैव तत्पर रहेको बताए।

नाइटिङगल स्कुलका विद्यार्थीहरु राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय स्तरमा समेत विज्ञान प्रविधि, कला साहित्य लगायत खेलकुदमा समेत अब्बल भइ योगदान दिइरहेकाले अबका दिनमा पनि सोही सक्षमता कायम राख्ने विश्वास रहेको बताए ।

