काठमाडौं । एमेच्योर गल्फर बल बहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन अग्रता बनाएका छन् ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बुधबार ५ अन्डर ६५ स्कोरसहित कुल ६ अन्डर १ सय ३४ स्कोरसहित बलले अग्रता बनाएका हुन् ।
बलले पहिलो दिनको लिडर निरज तामाङलाई एक स्ट्रोक्सले पछि बनाए । निरजले १ सय ३५ स्कोर बनाएका छन् ।
साविक विजेता शुक्र बहादुर राई ३ अन्डर १ सय ३७ स्कोरसहित तेस्रो स्थानमा रहेका छन् । प्रोफेसनल गल्फर शिवराम श्रेष्ठ चौंथो तथा दिनेश प्रजापति, शिव कुमार माझी र धन बहादुर थापा संयुक्त पाँचौंमा रहेका छन् ।
प्रतियोगितामा ३४ प्रोफेसनल र १६ एमेच्योर गरि कुल ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् ।