काठमाडौं । एमेच्योर गल्फर निरज तामाङले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन अग्रता बनाएका छन् ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा मंगलबार ६ अन्डर ६४ स्कोरसहित निरजले अग्रता बनाएका हुन् ।
निरज साविक विजेता शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि बनाए । शुक्रले तीन अन्डर ६७ स्कोर बनाए ।
यस्तै बल बहादुर राई एक अन्डर ६९ स्कोरसहित तेस्रो स्थानमा छन् । शिवराम श्रेष्ठ, दिनेश प्रजापति र रमेश अधिकारी एक ओभर ७१ स्कोरसहित संयुक्त चौंथो स्थानमा छन् ।
प्रतियोगितामा ३४ प्रोफेसनल र १६ एमेच्योर गरि कुल ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् ।