काठमाडौं । तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपीएल) फुटसल प्रतियोगिता भोली (शनिबार) बाट सुरु हुने भएको छ ।
आयोजक वि युनाइटेडले शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगिता शनिबार सुरु हुने जनाएको हो ।
मण्डीखाटारस्थित ग्रासरुट रियाक्सलन फुटसलमा सुरु हुने प्रतियोगितामा ८ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता ६ साता चल्ने छ । हरेक साताको शनिबार मात्र खेल हुनेछ । खेलहरु महिला रेफ्रिले संचालन गर्ने छन् ।
प्रतियोगितामा एबिसी, ढुकु फुटसल,कुमारी फुटसल, एमयुएफसी नेपाली गर्ल्स,बार्सा नेपाल, फुटसल एरिना, लाखुर फुटसल र द माइटि महिलाजले खेल्ने छन् ।
सहभागी ८ टोलीले एकअर्काविरुद्ध खेल्नेछ । र, शीर्ष स्थानमा रहेको टिमले उपाधि जित्नेछ ।
विजेता, उपविजेता र तेस्रो टिमले ट्रफी, मेडल तथा गिफ्ट ह्याम्पर पाउने छन् ।