काठमाडौं । आयोजक इस्टपोल स्कुल र नेपालयले पहिलो संस्करणको इस्टपोल अन्तरविद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा शनिबार भएको छात्राको पहिलो खेलमा आयोजकले ब्राइट जोन स्कुललाई टाईब्रेकरमा १-० गोल अन्तरले पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाईब्रेकरमा गएको थियो ।
अर्को खेलमा नेपालयले मनकामना माबिलाई ३-२ गोल अन्तरले पराजित गर्यो ।
त्यस्तै विट्स एकेडेमीले एकता जेम्सलाई टाईब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दा तारा सदनले विपुल शिक्षा निकेतन ४-० ले हराएको छ ।

शनिबार भएको अन्तिम खेलमा छहारी शिक्षा सदनले लर्ड्स लाइटलाई २-० गोलले हराएको छ ।
प्रतियोगितामा १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीले गरेका थिए ।

