काठमाडौं । सामाखुसी बोडिङ स्कुल(सेब)ले प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । मंगलवार भएको फाइनलमा सेबले प्रगति हाईस्कुललाई ५–२ गोल अन्तरले हराएर उपाधिमा कब्जा जमाएको हो ।
सेबको जितमा सुबाष तिम्लिसिनाले ह्याट्रिक पुरा गर्दा उमेश बिकले २ गोल गरेका थिए । प्रगती हाईस्कुलका लागि अर्जुन राईले २ गोल फर्काएका थिए ।
प्रतियोगितामा प्रगतीका खेलाडी अर्जुन राई उत्कृष्ट खेलाडी चुनिए । सेबका उमेश बिकले हाईस्कोरर र बेष्ट स्टाईकरको उपाधि हात पारे । सेबकै सफल सेन ठकुरी उत्कृष्ट मिड फिल्डर भए । सृजना ज्ञानसागरका अनिल वहादुर गुरुङले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते ।
विजेताले ट्रफीसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी ,आयोजक संस्था ओप्सका अध्यक्ष एवंम् हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्का,प्रतियोगिता संयोजक एवंम् एन्जल्सहार्ट स्कुलका प्रिन्सिपल धनवहादुर पुनलगायतले पुरस्कृत गरेका थिए ।
लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।