काठमाडौं । साविक विजेता सुवास तामाङले जुनियर फाल्डो सिरिज गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शुक्रबार २ अण्डर ७० स्कोर बनाएका सुवासले कुल ११ अण्डर २०५ स्कोरसहित उपाधि जितेका हुन् । सुवास १३ औं सागका स्वर्णधारी खेलाडी पनि हुन् ।
यस्तै गर्ल्सतर्फ कश्मिरा शाहले उपाधि जितिन् । यस्तै १२ देखि १६ वर्ष उमेर समूहको उपाधि सद्भाव आचार्यले जिते ।
उपाधिसँगै सुवास, सद्भाव र कश्मिरा भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०२० मा हुने फाइनल चरणका लागि छनोट भएका छन् ।
नेपाल गल्फ एसोसियसनले आयोजना गरेको सिरिजमा ४ खेलाडीसहित २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।