दाङमा जिल्ला स्तरीय फुटसल हुने
बिहिबार, १७ पौष २०७६खेलपाटी संवाददाता

काठमाडौं । दाङको तुलसीपुरमा जिल्ला स्तरीय पहिलो खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
मुनाल क्लब तुलसीपुर उप–महानगरपालिका वडा नं ४ को आयोजनामा हुने प्रतियोगिता माघ ३ र ४ गते हुनेछ। प्रतियोगिता तुलसीपुरको द लेजेण्ड फुटसल ग्राउन्डमा हुुनेछ ।
प्रतियोगितामा जिल्लाका २५ बढी टिमको सहभागिता रहने प्रतियोगिता सयोजक सुरज डाँगीले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले नगद २५ हजार पाउने छन् ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट स्ट्राइकर, डिफेन्स, गोलकिपर र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिनेछ ।
प्रतियोगिता सहभागिता जनाउन शुल्क ५ हजार लाग्नेछ ।







-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)
-1765288879802.jpeg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)




