काठमाडौं । जुनियर फाल्डो सिरिज गल्फको दोस्रो दिन १३ औं सागका स्वर्णधारी सुवास गुरुङले आफ्नो अग्रता कायम राख्न सफल भएका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहिबार रितेश तामाङमाथि १४ स्ट्रोक्सले पछि पार्दै सुवासले अग्रता कायम गरेका हुन् । सुवासले बिहिबार ६ अण्डर ६६ स्कोर बनाएका थिए ।
गर्ल्सतर्फ कश्मिरा शाहले अग्रता कायम राखेकी छिन् । रबिना श्रेष्ठ दोस्रो र प्रतिभा राई तेस्रो स्थानमा रहेकी छिन् ।
नेपाल गल्फ एसोसियसनले आयोजना गरेको सिरिजमा २० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ महिला खेलाडी रहेको आयोजकले जनाएको छ ।
पछिल्लो ६ बर्षबाट बार्षिक हुँदै आएको यस प्रतियोगिता फाल्डो सिरिज एसियाको छनोटको रुपमा रहेको छ । सिरिजको विजेता भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०२० मा हुने फाइनल चरणमा छनोट हुनेछन् ।