काठमाडौं । ज्ञानु चौधरी र प्रवेश कंशकार तेस्रो संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा पुरुष खुल्लातर्फ मंगलबार पहिलो चरणमा ज्ञानुले शैलेस अमात्यलाई ३ – ० ले हराएर दोस्रो चरणमा स्थान बनाएका हुन् । यस्तै प्रवेशले शम्भु तण्डुकारलाई ३ – ० ले नै हराएर दोस्रो चरणमा स्थान बनाए ।
पुरुष खुल्लातर्फ नै काशिराम भण्डारीले शोभेन्द्रलाई ३ – ०, राजेन्द्र शाक्यले विनायक शाक्यलाई ३ – ०, अरहान्त कुमार सिम्हाले सुर्जन राज श्रेष्ठलाई ३ – ०, रत्न काजी शाक्यले अमीर ब्लोनलाई ३- १, रोबिन शाक्यले रिद्धि शाक्यलाई ३ – ० र एरिक लाटोर्रेले स्टिभ फ्रान्सिसलाई ३ – २ ले हराएर दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।
पुरुष मास्टर खुल्ला ५० बर्ष माथितर्फ सुरेश गुरुङ र रुपेश दास ताम्राकारले दोस्रो चरणमा स्थान पक्का गरेका छन् । पहिलो चरणमा सुरेशले किरण श्रेष्ठलाई ३ – ० ले हराए । यस्तै रुपकले कमल शाक्यलाई ३ – १ ले हराए ।
पुरुष मास्टरतर्फ नै अनिल बजाचारले डा. कुलेस थापालाई ३ – १, मित्र लाल गुरुले राज कृष्ण महर्जनलाई ३ – ०, निशान्त अग्रवालले रोविन शाक्यलाई ३ – २, मनोज बहादुर श्रेष्ठले रत्न महर्जनलाई ३ – ० र मधुमन मास्केले सुबास राईलाई ३ – ० ले हराएर दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।
नेपाल स्क्वास राकेट्स संघले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० बर्ष भन्दा माथि, जुनियर ब्वाईज अन्डर १९, जुनियर ब्वाईज अन्डर १५, जुनियर गल्र्स अन्डर १५ तथा प्लेट गरी ७ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
पाँच दिने प्रतियोगितामा पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रो र चौथो हुनेले ४ - ४ हजार पाउने छन् । महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रो र चौथोले समान ३ - ३ हजार पाउने छन् । यस्तै उमेर समूहका बिजेताले पनि नगद पुरस्कार पाउने छन् ।