काठमाडौं । फाल्डो सिरिज जुनियर गल्फको पहिलो दिन १३ औं सागका स्वर्णधारी सुवास गुरुङले अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार ३ अण्डर ७१ स्कोरसहित साविक विजेता समेत रहेका सुवासले अग्रता बनाएका हुन् । ३ अण्डर ७५ स्कोरसहित रितेश तामाङ दोस्रो स्थानमा रहेका छन् ।
यस्तै १७ देखि २१ वर्षको उमेर समूहमा भारतका अभिराजसिंह चौहानले ४ अण्डर ७६ स्कोरसहित अग्रता बनाएका छन् । १५ ओभर ८७ स्कोरसहित सुदिप तामाङ दोस्रो स्थानमा रहेका छन् ।
१२ देखि १६ वर्ष उमेर समूहमा सद्भाव आचार्यले ६ ओभर ७६ स्कोर बनाएका छन् । शास्वत प्रधानले १८ ओभर ९० स्कोर बनाएका छन् ।
गर्ल्सतर्फ कश्मिरा शाहले १३ ओभर ८५ स्कोर बनाएकी छिन् । प्रतिभा राई र रबिन श्रेष्ठले २१ ओभर ९३ स्कोर बनाए ।
नेपाल गल्फ एसोसियसनले आयोजना गरेको सिरिजमा २० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ महिला खेलाडी रहेको आयोजकले जनाएको छ ।
पछिल्लो ६ बर्षबाट बार्षिक हुँदै आएको यस प्रतियोगिता फाल्डो सिरिज एसियाको छनोटको रुपमा रहेको छ । सिरिजको विजेता भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०२० मा हुने फाइनल चरणमा छनोट हुनेछन् ।