काठमाडौं । सृजना ज्ञानसागर स्कुलले प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिताको क्वाटरफाईनलमा स्थान बनाएका छन् ।
सोमबार भएको समूह सीको लिग खेलमा सृजना ज्ञानसागरले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर समूह बिजेताको रुपमा क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो ।
मनमैजुको जिफोर फुटसलमा पहिलो खेलमा सृजना ज्ञानसागरले पुष्पकुञ्जलाई २–१ गोलले हरादा लक्ष्मण बिकले २ गोल गरे । दोश्रो खेलमा पनि लक्ष्मण बिककै निर्णायक गोलमा हिमरश्मीलाई १–० गोलले स्तब्ध बनायो ।
तेश्रो चौथो खेलमा सिएचए र कौशल स्कुललाई समान ३–१ गोलले अन्तरले हराउदै दुवै खेलमा लक्ष्मणले दुई–दुई गोल गरे ।