काठमाडौं । शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहिबार शुक्र बहादुर राईलाई पछि पार्दै शिवरामले उपाधि जितेका हुन् ।
शिवरामले ७२ होलमा कुल १४ अण्डर २ सय ७४ स्कोर बनाए । उनले शुक्रलाई १५ सटको जित निकाले ।
यस सँगै शिवरामले करियरको ४५ औं उपाधि हात पारे । उपाधिसँगै उनले १ लाख २५ हजार नगद पुरस्कार पाए ।
हालै प्रोफेसनल खेलाडीमा बढुवा भएका शुक्रले कुल एक ओभर २ सय ८९ स्कोर बनाए । रबी खड्काले ३ ओभर २ सय ९१ स्कोरसहित तेस्रो स्थान हासिल गरे । शुक्रले ८० हजार तथा तेस्रो भएका रबीले ५८ हजार प्राप्त गरे।
यस्तै धन बहादुर थापा चौंथो भए । उनले ४७ हजार पाए ।
भुवन नगरकोटी पाँचौ र रामे मगर छैटौं भए । दिपक मगर सातौं, संजय लामा आठौं, टंक बहादुर कार्की र बिपिन तामाङ नवौं तथा जयराम श्रेष्ठ दशौँ भए ।
तीन दिने प्रतियोगितामा ४३ प्रोफ्रेसनल र तीन गल्फरले प्रतिस्पर्धा गरेका थिए ।