काठमाडौं । शिवराम श्रेष्ठ आठ स्ट्रोकको अग्रतासहित सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको फाइनल चरणमा प्रवेश गरेका छन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार चार अण्डर ६८ स्कोरसहित कुल १० अण्डर २ सय ६ स्कोरसहित फाइनल चरणमा पुगेका हुन् ।
दोस्रो स्थानका रबी खड्काले तीन अण्डर ६९ स्कोरसहित कुल २ अण्डर २ सय १४ स्कोर बनाए । रामे मगरले २ ओभर २ सय १८ स्कोर बनाए ।
भुवन नगरकोटी र शुक्र बहादुर राईले तीन ओभर २ सय १९ स्कोर बनाए । दिपक थापा मगर र संजय लामाले चार ओभर २ सय २० स्कोर बनाएका छन् ।
फाइनल चरण १८ होलको हुनेछ ।
तीन दिने प्रतियोगितामा ४३ प्रोफ्रेसनल र तीन गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८० हजार तथा तेस्रोले ५८ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।