काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको दोस्रो दिन शिवराम श्रेष्ठले अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा मंगलबार भुवन नगरकोटीलाई ६ स्ट्रोक्सले पछि पार्दै शिवरामले अग्रता कायम गरेका हुन् । शिवरामले मंगलबार सात अण्डर ६५ स्कोरसहित कुल ६ अण्डर १ सय ३८ स्कोर बनाएका छन् ।
यस्तै भुवनले दुई ओभर ७४ सहित इभन पार १ सय ४४ स्कोर बनाएका छन् । हालै प्रोफेसनल गल्फरमा बढुवा भएका शुक्र बहादुर राईले इभन पार ७२ सहित १ सय ४४ स्कोर बनाएका छन् ।
रामे मगर, रबी खड्का, संजय लामा र दिपक थापा मगरले एक ओभर १ सय ४५ स्कोर बनाउदा टंक बहादुर कार्की र रमेश अधिकारीले दुई ओभर १ सय ४६ स्कोर बनाएका छन् ।
तीन दिने प्रतियोगितामा ४३ प्रोफ्रेसनल र तीन गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८० हजार तथा तेस्रोले ५८ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।