काठमाडौं । प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगितामा सामाखुसी बोडिङ स्कुल (सेब), राजन मेमोरियल, लालिगुरास र प्रगती स्कुल क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको समूह बीको लिग खेलबाट अपराजित रहदै सेबले ३ खेलबाट ९ अंक बनाएको छ । एक खेल खेल्न बाँकी सेबले समूह बिजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनाएको हो । त्यस्तै समूह बी बाटै राजन मेमोरियल ३ जित र एक हार सहित ९ अंकका साथ उपबिजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनाएको छ ।
समूह ए बाट लालिगुरासले ४ खेल र प्रगती स्कुलले ३ खेलबाट समान ७ अंक बनाउदै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा सेबले न्युटनलाई ५–१ गोल अन्तरले हराउदा उमेश बिक र सुबास तिमल्सिनाले समान दुई–दुई गोलको योजदान दिएका थिए ।
दोश्रो खेलमा सेबले मन्जरी स्कुललाई ४–१ गोल अन्तरले हरादा उमेश बिकले ह्याट्रिक पुरा गरेका थिए । तेश्रो खेलमा सेबले राजन मेमोरियललाई ३–२ गोल अन्तरले हराउदा उमेश बिकले नै २ गोलको योगदान दिएका थिए ।
राजन मेमोरियलले मन्जरीलाई ६–१ गोल अन्तरले हराउदा रुजल गुरुङले २ गोल गरेका थिए । न्युटनलाई ५–० गोलले हराउदा प्रसान्त खड्काले २ गोलको योगदान गरेका थिए । त्यस्तै राजन मेमोरियलले ध्रुबतारालाई ६–० गोलले हराउदा रुजल,प्रसान्त र बिक्रन सिंहले समान दुई–दुई गोलको योगदान दिएका थिए ।
एन्जलहार्ट स्कुलको ब्यवस्थापनमा संचालन भएको प्रतियोगितामा समूह ए को लिग खेलमा लालिगुरासले ४ खेलबाट २ जित,१ बराबरी र १ हारका साथ ७ अंक जोड्दै क्वाटर फाईनलमा स्थान बनाएको छ । प्रगती स्कुलले ३ खेलबाट २ जित र १ बराबरी खेल्दै ७ अंकका साथ क्वाटरफाईनलमा स्थान बनाएको छ ।
साउन २३ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।