काठमाडौं । पहिलो संस्करणको बाल कुमार स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिता बिहिबारबाट हुने भएको छ ।
एन प्याब्सन गोकर्णेश्वर नगर कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बिहिबारबाट सुरु हुने जनाएको हो ।
शिक्षा क्षेत्रमा लामो समय आफ्नो अमुल्य योगदान दिएका स्व बालकुमार गुरुङको सम्झनामा हुने प्रतियोगितामा ३९ वटा विद्यालयका कुल ४४ टिमले भाग लिने छन् ।
जोरपाटी नयाँबस्तीस्थित ब्राइट जोन स्कुलको फुटसल मैदानमा मंसिर २६ गते देखि २९ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेता, उपविजेता र तेस्रोलाई ट्रफी, मेडलले पुरस्कृत गरिने छ । यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपर, फेयर प्ले टिमलाई पनि पुरस्कृत गरिने छन् ।
प्रतियोगितामा कक्षा ५ देखि ८ सम्मका १३ वर्ष भित्रका खेलाडीहरुले खेल्नेछन । यस्तै खेलाडीको उचाई पनि ४ फिट १० इन्च भन्दा बढीका खेल्न नपाउने जनाईएको छ ।