काठमाडौं । पाकिस्तान र भारतले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्क्वासको महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास ¥याकेट संघको हलमा सोमबार सम्पन्न पुरुषतर्फको टिम स्पर्धामा भारतले बंगलादेश र श्रीलंका तथा पाकिस्तानले बंगलादेशमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धा तय गरेका हुन् । राउन्ड रोबिन लिगको आधारमा भएको खेलमा पुरुषतर्पm कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ ।
सोमबार पुरुषतर्पm भारतले श्रीलंका र बंगलादेशलाई समान ३–० ले हराएका थिए । पाकिस्तानले भने बंगलादेशलाई ३–० ले हराएको थियो । नेपालले पनि श्रीलंकासँग ३–० को हार बेहोर्दा कांस्यका लागि लिगको अन्तिम खेलको नतिजा कुर्नुप¥यो ।
महिलातर्पm पनि भारत र पाकिस्तानले १÷१ खेल जित्दै स्वर्ण प्रतिस्पर्धा तय गरेका छन् । भारतले श्रीलंकालाई ३–० ले हराउँदै पाकिस्तानले पनि नेपाललाई ३–० ले हराउँदै स्वर्णको प्रतिस्पर्धा तय गरेका हुन् । राउन्डरोबिन लिगको अन्तिम खेलमा श्रीलंका र नेपालबीचको प्रतिस्पर्धा बाँकी रहँदै कांस्य पदक तय भएको छ ।
दुवै टिम स्पर्धाको फाइनल मंगलबार नै हुनेछन् । स्क्वासका कुल चार स्वर्ण प्रतिस्पर्धामा भारत र पाकिस्तानले १÷१ स्वर्ण जितिसकेका छन् ।