काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिलाको ७३ केजी माथि नेपालकी निशा रावल फाइनलमा पराजित भएकी छिन् ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा निशा फाइनलमा भारतका खेलाडीसँग पराजित हुँदै रजतमा सिमित भईन् ।
ओलम्पियन निशा भारतकी रोदाली वर्वाले ३२-९ ले पराजित भईन् । श्रीलंकाकी नुवान्थीले कास्य जितिन् ।
महिला ५३ केजी तौलमुनि नेपालकी अस्मिता खड्काले कास्य जितिन् । भारतले स्वर्ण र पाकिस्तानले रजत जित्यो ।