काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत गल्फको पुरुषमा नेपालका शुक्र बहादुर राईले सुरुवातमा अग्रता बनाएको छ ।
गोकर्ण गल्फ क्लबमा मंगलबार चार अन्डर ६८ स्कोर कार्डसहित शुक्रले अग्रता बनाएका हुन् । यस्तै नेपालका टंक बहादुर कार्कीले तीन अन्डर ६९ स्कोर बनाएका छन् ।
बंगलादेशका मोहमद सोम्राटले दुई अन्डर ७० स्कोर जोड्दा श्रीलंकाका एन रंगा र नेपालका सुवास तामाङले एक अन्डर ७१ स्कोर जोडेका छन् ।
टिम इभेन्टको पुरुषतर्फ नेपालले आठ अन्डर २०८ स्कोरसहित अग्रता बनाएको छ । बंगलादेश र श्रीलंकाले तीन ओभर २१९ स्कोर जोडेको छ ।
महिलातर्फ श्रीलंकाकी ग्रेस यातावाराले तीन अन्डर ६९ स्कोरसहित अग्रता बनाएकी छिन् । यस्तै श्रीलंकाकी थुसाहिनीले आठ ओभर ८० स्कोर जोड्दा नेपालकी करिश्मा शाहले ११ ओभर ८३ स्कोर जोडेकी छिन् ।
महिला टिममा श्रीलंकाले अग्रता बनाएको छ । नेपाल र बंगलादेश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।