काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका वीर बहादुर महराले स्वर्ण जितेका छन् ।
पुरुष ६८ केजीमुनी गेरुगीतर्फ महराले स्वर्ण जितेका हुन् । महराले पाकिस्तानका खेलाडी मोहमद फाहिमलाई अंकले पराजित गरे ।
यस स्पर्धामा श्रीलंका र भारतले कास्य जितेको छ ।
योसँगै नेपालले तेक्वान्दोमा ९ स्वर्ण जितेको छ ।
तेक्वान्दोको ५७ केजी मुनि महिलामा नेपालकी निमा गुरुङले रजत जितिन् । फाइनलमा निमा भारतकी काशिश मलिकसँग पराजित भईन । यस स्पर्धामा भुटान र पाकिस्तानले कास्य जित्यो ।