काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (मंगलबार) तेक्वान्दोमा ४ स्वर्णको टुङ्गो लाग्दैछ ।
ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा मंगलबार गेरुगी (फाइट) तर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो ।
तेक्वान्दोको पहिलो दिन पुम्सेमा नेपालले ७ स्वर्ण जितेको थियो । कुल १३ स्वर्णका लागि भएको स्पर्धामा नेपालले ७ व्यक्तिगत र टिममा सो स्वर्ण हात पारेको थियो ।
मंगलबार पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा नेपालले चुनौती पेश गर्नेछ ।
५४ केजीमा मनोज मल्ल, ६८ केजीमा विरबहादुर महराले चुनौती पेश गर्नेछन् भने महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले नेपालको चुनौती पेश गर्नेछिन् ।
तेक्वान्दोका मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठका अनुसार बुधबार र बिहिबार समान ६ स्वर्णका लागि तेक्वान्दोमा प्रतिस्पर्धा हुनेछ ।