क्योकुसिन टोली फिलिपिन्स प्रस्थान
बिहिबार, साउन १७, २०७५खेलपाटी संवाददाता
काठमाडौं । उचिदेची तालिममा सहभागी हुन आईकेओ क्योकुसिन काइकान कराते संघ नेपालका ३ खेलाडी बिहीबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।
अगष्ट ३ देखि सेप्टेम्बर ३ तारिखसम्म हुने तालिममा रविन राना, विजय सिंह र सुमन घिसिङले सहभागिता जनाउने छन् । उनीहरुलाई फिलिपिन्स क्योकुसिनका ब्रान्च चिफ स्टेफनले प्रशिक्षण दिने छन् । सोही दौरान खेलाडीले थाइल्यान्ड र सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने बताइएको छ ।
टोलीलाई संघका सल्लाहकार समेत रहेका नेपाल कराते महासंघअन्तर्गत रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली र ब्रान्च चिफ कान्छालाल वाइबाले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबारै बिदाइ गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






