काठमाडौं । ज्ञानकुञ्ज स्कुलमा तेक्वान्दो खेलको ग्रेडिङ सम्पन्न भएको छ ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार ज्ञानकुञ्ज स्कुलले आइतबार ग्रेडिङको आयोजना गरेको हो ।
ग्रेडिङमा कुल दुई सय खेलाडीको सहभागिता रहेको थियो । सेतो पेटिबाट पहेलो पेटिमा दुई सय खेलाडीलाई ग्रेडिङ प्रदान गरिएको थियो ।
खेलाडीलाई तेक्वान्दो प्रशिक्षक एवम् काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका कुमार लामा घिसिङले ग्रेडिङ प्रदान गरेका थिए ।
आफ्नै विद्यालयमा सम्पन्न एकदिने ग्रेडिङमा ज्ञानकुञ्ज स्कुलका तेक्वान्दो प्रशिक्षक नन्दराज बास्कोटाले प्रशिक्षण गराएका थिए ।
तेक्वान्दो सघंको वार्षिक कार्यक्रम अनुरूप ज्ञानकुञ्ज तेक्वान्दो डोजाङले ग्रेडिङ प्रदान गरेको डोजाङ प्रमुख बास्कोटाले बताए ।
तेक्वान्दो परीक्षामा खेलाडीले फाइट र पुम्से दुवै विधा कला प्रस्तुत गरेका थिए । केही खेलाडीले डेमोन्स्ट्रेसन पनि प्रस्तुत गरे ।
एक कार्यक्रममा विद्यालयका प्रिन्सिपल फनबहादुर जिसीले सानैदेखि खेलप्रति बच्चाहरूलाई उत्प्रेरणा गराउने आवश्यक रहेको बताए ।