क्यानडा । हिमालयन तेक्वान्दो एकेडेमीले क्यानडियन आइटिएफ राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप–२०१९ मा उत्कृष्ट प्रदर्शन गरेको छ ।
सस्काच्युयन तेक्वान्डो फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा एडमन्टनमा रहेको हिमालयन तेक्वान्दोले १५ स्वर्ण, १४ रजत र १९ काँस्य गरि ४८ पदक जित्न सफल भएको हो ।
प्रतियोगितामा स्पायरिङ र प्याटर्न गरी दुई विधा समावेश गरिएको थियो ।
प्रतियोगितामा गिब्सन ढकाल, प्रसिद्वि कडेल, प्रशुन शर्माले दुवै विधामा स्वर्ण जिते । आरुष उप्रेती, अनुप घिमिरे, आर्यन भट्टराई, जोनिस चौधरी, प्रद्योतन निरौला, प्रसुभ अधिकारी, रिकेश पुरी, स्पन्दन गौतम र सुभम अधिकारी एक-एक स्वर्ण जिते ।
त्यस्तै, विवेक तिम्सिना, गणेश वोहोरा, जेम्स चौधरीले दुवै विधामा रजत पदक जितेका छन् ।
आरम्भ खरेल, अवि सिह, आदित्य अधिकारी, अरिक पौडेल, आयुस ओझा, विवश लामिछाने, जेनिसा चापागाई र रिकेस पुरीले एक÷एक कास्य पदक जितेका थिए ।
त्यस्तै दुवै विधामा कास्य जित्नेमा अनुप रसाईली, प्रवेश पौडेल, रियाज अर्याल, र शसांक भन्डारी रहेका छन् ।
आरम्भ खरेल, आरुष उप्रेती, अवि सिंह, आदित्य अधिकारी, अनुप घिमिरे, एरिक पौडेल, आर्यन भट्टराई, आयुष ओझा, भविष लामिछाने, जेनिस चापागाई, स्पनदन गौतमले एक एक कास्य पदक जितेका छन् ।
सस्काच्युन राज्यको रेजाइना सहरमा सम्पन्न प्रतियोगितामा क्यानडाभरका ४ सय ५० खेलाडीको सहभागिता थियो ।