चीनमा नेपाललाई १ रजतसहित ६ पदक
शनिबार, २३ कार्तिक २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । चीनमा आयोजना भएको द बेल्ट एन्ड रोड चाइना इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ६ पदक जितेको छ ।
चीनको सिहान शहरमा आयोजना भएको प्रतियोगितामा नेपालले १ रजत र ५ कास्यसहित कुल ६ पदक जितेको नेपाली टिमका प्रशिक्षक संगीना बैद्यले जानकारी गराईन् ।
नेपालका लागि ज्ञानेन्द्र हमालले रजत पदक जिते । यस्तै काजल श्रेष्ठ, युनिसा राई, भुपेन श्रेष्ठ, निशा रावल र मनोज मल्लले कास्य पदक जितेका छन् ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेका नेपाली खेलाडीले उक्त प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
१३ औ साग मंसिर १५ गते २४ गतेसम्म आयोजना हुदैछ ।






-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


