काठमाडौं । छैटौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ शनिबार आयोजना हुने भएको छ ।
आयोजक लक्ष्मी बैंकले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार गोकर्ण गल्फ क्लबमा हुने जनाएको छ ।
१८ होलमा खेलाइने प्रतियोगिता स्टेबलफोर्ड फर्म्याटमा ३/४ हेन्डिक्यापका आधारमा हुनेछ । सिनियर, महिला, पुरुष र जुनियर गरि १ सय बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, सिनियर ६० वर्षमाथिको महिला विजेता, जुनियर विजेता, क्लोजेट टू पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, बेस्ट ग्रोसको विजेतालाई पुरस्कृत गरिने छ ।
यस्तै १० औं नम्बरको होलमा 'होल इन वान' गर्ने खेलाडीले हुन्डाईको गाडी पुरस्कार जित्ने छन् ।
कार्यक्रममा बोल्दै बैंकका सीसीओ अजय विक्रम रानाले विगत लामो समयबाट यस प्रतियोगिता गर्दै आएको र गल्फ टुरिजमको लागि प्रतियोगिता गर्न लागिएको बताए ।