काठमाडौं । ई–प्लानेट अन्तर कलेज फुटसल प्रतियोगिता बिहिबारबाट सुरु हुने भएको छ । काठमाडौंको धुम्बराहीस्थित नेसनल कलेजले आयोजना गर्ने प्रतियोगिता २ दिनसम्म चल्नेछ । बालुवाटारस्थित ढुकु फुटसल हवमा आयोजना हुने प्रतियोगितामा देशभरका प्लस टु र ब्याचलर लेभलका ३२ टोली सहभागि हुनेछन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा सहभागि हुने ३२ टोलीको टुङ्गो लागिसकेको र भोली ड्र सार्वजनीक गरिने जनाएको छ ।
सहभागि टोलीलाई ८ समूहमा विभाजन गरेर समूह चरणका खेल राउण्ड रोबिन लिगका आधारमा खेलाईनेछ । त्यसपछिका खेलहरु नकआउटका आधारमा सञ्चालन गरिनेछ ।
प्रतियोगिताको विजेताले ३५, उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
साथै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एक खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।
१६ टोली सहभागि प्रतियोगिताको पहिलो संस्करण आयोजक नेसनल कलेजले जितेको थियो ।