काठमाडौं । इन्डोनेसियामा जारी एसिया तेक्वान्दो हान्मादाङ पुम्से च्याम्पियनसिपमा नेपाली पुरुष टिमले कास्य पदक जितेको छ ।
जकार्तामा शनिबार भएको खेलमा नेपाली पुरुष टिमले टिम पुम्सेमा कास्य जितेको हो । कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्बु रहेको टिमले कास्य पदक हात पारेको हो ।
पुरुष पुम्सेमा इन्डोनेसियाको 'ए' टिमले स्वर्ण र 'बी' टिमले रजत पदक जित्यो ।
महिला टिम पुम्सेमा भने नेपाली टिम पाँचौ भएको थियो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी र प्रतियोगिताको लागि नेपाली टिम इन्डोनेसिया गएको हो ।