काठमाडौं । पाको नेपाल क्योकुशिन कराते संघको अन्तर्राष्ट्रिय प्रशिक्षण तथा रेफ्री सेमिनार शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौंमा दुई दिन चलेको सेमिनारमा डेनमार्कका प्रशिक्षक ह्यान्से फ्लेमिङ जिन्जन स्क्रोटर र सेन्से केयन जेन्सेनले प्रशिक्षण गराएका थिए । सेमिनारमा १ सय भन्दा बढी खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
सेमिनारको समापन कार्यक्रममा दुई पत्रकार र एक सगरमाथा आरोहीलाई सम्मानित गरिएको थियो । लामो समयबाट खेलकुद विधालाई क्षेत्र बनाएर काम गरिरहेका फोटो पत्रकार श्याम चित्रकार र पुर्व बक्सिङ खेलाडी तथा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन रबिन्द्र श्रेष्ठलाई सम्मान गरेको हो । यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ पनि सम्मानित भए ।
यस्तै १४ औं पटक सगरमाथाको सफल आरोहण गरेका लाक्पातेलु शेर्पालाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा) ले सम्मानित गरेका थिए ।