काठमाडौं । ब्राइट फ्युचरले पहिलो संकरणको गोल्डेनगेट फुटसल मेला इन्टर स्कुल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा साहारा बोर्डिङ इन्ग्लिश स्कुललाई ३ – २ गोल अन्तरले पराजित गर्दै ब्राइट फ्युचरले उपाधि जितेको हो ।
कखरा प्रालिको व्यवस्थापनमा खेलपाटी डटकमले आयोजना गरेको च्याम्पियनसिपको उपाधिसंगै ब्राइट फ्युचरले २० हजार प्राप्त गरेको छ । उपविजेता बनेको साहाराले १० हजार प्राप्त गर्यो । तेस्रो भएको श्री महालक्ष्मी स्कुलले ५ हजार प्राप्त गरेको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड श्री महालक्ष्मीका विनोद स्याङतान, उत्कृष्ट मिडफिल्डर सराहाका सन्देश मल्ल, उत्कृष्ट डिफेन्डर ब्राइट फ्युचरका दिवस खड्का, उत्कृष्ट गोलरक्षक ब्राइट फ्युचरकै पवन चौहान र उत्कृष्ट प्रशिक्षकमा साहाराका राजिब लामा चुनिए ।
यस्तै सर्वाधिक गोलकर्ता दिव्य ज्ञानका दिपेन्द्र लामा घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीहरुले ट्रफ्री तथा प्रमाणपत्र प्राप्त गरे ।
तस्विरमा हेर्नुस फुटसल मेला -